विश्वकप २०२६ : अस्ट्रेलियाको २–० जित, टर्की पराजित

काठमाडौं — फिफा विश्वकप २०२६ अन्तर्गत अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।

क्यानडाको बीसी प्लेस, भ्यानकुभर स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियाले प्रभावशाली प्रदर्शन गरेको हो। खेलको २७ औं मिनेटमा कोनर मेटकाल्फेले गोल गर्दै अग्रता दिलाएका थिए भने ७५ औं मिनेटमा नेस्टोरी इरानकुन्डाले अर्को गोल थप्दै जित सुनिश्चित गरे।

यो जितसँगै अस्ट्रेलियाले समूह चरणमा ३ अंक जोडेको छ।

त्यसैगरी अन्य खेलमा कतार र स्वीट्जरल्याण्ड १–१ को बराबरीमा रोकिए भने ब्राजिल र मोरक्कोबीचको खेल पनि १–१ को बराबरीमा सकिएको छ। हाइटी र स्कटल्याण्डको खेलमा स्कटल्याण्ड विजयी भएको छ।

आज राति पौने ११ बजे जर्मनी र कुराकाओबीच खेल हुने तालिका रहेको छ।

Facebook Comments Box
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
८ घण्टा अगाडि

1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…

TOP
477 Shares