चीनको एकल प्रतिनिधित्व बनेका ‘कार्ड मास्टर’ रेफरी मा निङ, विश्वकप २०२६ मा मुख्य भूमिकामा

काठमाडौं — फिफा विश्वकप २०२६ को रौनकबीच चीनको राष्ट्रिय टोली छनोट हुन नसके पनि चिनियाँ फुटबलप्रेमीहरूको ध्यान भने यसपटक मैदानभित्र खेलाडीभन्दा पनि एक रेफरीतर्फ केन्द्रित हुने भएको छ। ती हुन् ४६ वर्षीय चिनियाँ रेफरी मा निङ।

मा निङको यो दोस्रो विश्वकप यात्रा हो। चार वर्षअघि कतारमा आयोजित विश्वकपमा उनी चौथो अधिकारी (फोर्थ अफिसियल) का रूपमा सीमित थिए। तर यसपटक उनी मुख्य रेफरीको रूपमा मैदानको कमान्ड सम्हाल्ने तयारीमा छन्।

विश्वकप तयारीका लागि उनी हाल दुई चिनियाँ सहायक रेफरी जो फे र फू मिङसँगै अमेरिकाको मियामीमा आयोजित १० दिने विशेष प्रशिक्षण क्याम्पमा व्यस्त छन्। सन् २०११ देखि फिफा रेफरीको मान्यता पाएका मा निङ नान्जिङ स्पोर्ट इन्स्टिच्युटमा प्राध्यापकका रूपमा पनि कार्यरत छन्।

‘कार्ड मास्टर’ को उपनाम किन?

मैदानभित्र कडा र सम्झौताहीन निर्णयका लागि चिनिने मा निङ नियम उल्लङ्घन गर्ने खेलाडीलाई सजाय दिन कत्ति पनि हिचकिचाउँदैनन्। सन् २०१५ मा शाङ्घाई लिगको एक खेलमा उनले ७ पहेँलो र ३ रातो कार्ड देखाएर चर्चामा आएका थिए। त्यही घटनापछि उनलाई फुटबल वृत्तमा ‘कार्ड मास्टर’ उपनाम दिइएको हो।

ब्रान्डदेखि सामाजिक सञ्जालसम्म ‘मा क्रेज’

मा निङ अहिले चिनियाँ सामाजिक सञ्जालमा अत्यन्तै लोकप्रिय छन्। लेनोभो र हाइसेन्स जस्ता ठूला ब्रान्डहरूले उनलाई स्पोन्सर गर्दै आएका छन्। सामाजिक सञ्जाल ‘रेडनोट’ मा उनको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ।

उनले हालै खोलेको खातामा रेफरी जर्सीको खल्तीबाट रातो डायरी निकाल्ने भिडियो र प्रशिक्षणका झलकहरू पोस्ट गरेका छन्, जसले प्रशंसकबीच ठूलो चर्चा पाएको छ।

चिनियाँ फुटबलको विपरीत कथा

चीनले सन् २००२ पछि विश्वकपमा स्थान बनाउन सकेको छैन। आर्थिक संकट, भ्रष्टाचार र म्याच फिक्सिङका कारण चिनियाँ फुटबल पछिल्लो समय गम्भीर संकटमा छ।

यस्तो अवस्थामा राष्ट्रिय टोली नभए पनि विश्वकपमा मा निङको उपस्थिति चिनियाँ फुटबलप्रेमीका लागि गर्वको सानो तर महत्वपूर्ण क्षण बनेको छ।

Facebook Comments Box
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
८ घण्टा अगाडि

1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…

TOP
476 Shares