

सस्तो मोबाइलको झुटो अफर देखाएर करिब २०० जनालाई ठगी गर्ने दुई युवक पक्राउ
काठमाडौं — सस्तो मूल्यमा महँगो मोबाइल उपलब्ध गराइने भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्दै आएका झापाका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड घर भएका दिलीप तामाङ र आशुतोष ओली रहेका छन्। उनीहरूलाई काठमाडौंको ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आरोपीहरूले आईफोन १५ प्रो म्याक्स मात्र ६५ हजार रुपैयाँमा उपलब्ध हुने भन्दै फेसबुक र टिकटकमा आकर्षक विज्ञापन गर्दै करिब २०० जनालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
उनीहरूले न्युरोडका वास्तविक मोबाइल पसलका भिडियो डाउनलोड गरी सम्पादन गरेर सस्तो मूल्य र होम डेलिभरीको झुटो प्रचार गर्ने गरेको पाइएको छ। ग्राहकबाट अग्रिम रकम लिएपछि सम्पर्कविहीन हुने उनीहरूको तरिका रहेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा ठगीबाट प्राप्त रकम बैंक खातामा नराखी क्रिप्टोकरेन्सी र अनलाइन सट्टेबाजी प्लेटफर्ममार्फत घुमाएर डिजिटल वालेटमा स्थानान्तरण गर्ने गरेको खुलेको छ।
प्रहरीका अनुसार उनीहरूले ठगीबाट संकलित रकम विलासी जीवनशैली, महँगो अपार्टमेन्ट भाडा र मोजमस्तीमा खर्च गरिसकेका छन्। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
मधेसमा सुशासन र प्रहरी सुधारका लागि आईजीपी कार्की र डीआईजी थपलियाको सक्रिय नेतृत्व प्रशंसनीय
-
नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक क्षमता अभिवृद्धि कार्यक्रम सुरु
-
चापाकोट प्रहरी कार्यालयको अनुगमन गर्दै एसपी राठौरको निर्देशन : सेवाग्राहीमैत्री सेवा र सुरक्षा व्यवस्थामा जोड
-
वन अतिक्रमण हटाउने नाममा टेम्पो भिरबाट खसालियो, वन कार्यालयको सफाइप्रति थप प्रश्न
-
धार्के बजारमा पृथ्वी राजमार्ग कालोपत्रे सुरु, धुलो–जामबाट राहतको आशा
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
९ घण्टा अगाडि
1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…



