चापाकोट प्रहरी कार्यालयको अनुगमन गर्दै एसपी राठौरको निर्देशन : सेवाग्राहीमैत्री सेवा र सुरक्षा व्यवस्थामा जोड

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले इलाका प्रहरी कार्यालय चापाकोटको अनुगमन तथा निरीक्षण गरेका छन्।

अनुगमनका क्रममा एसपी राठौरले कार्यालयको समग्र कार्यसम्पादन, सेवा प्रवाह तथा सुरक्षा अवस्थाबारे जानकारी लिँदै त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका थिए।

प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले संगठनको छवि उच्च राख्दै उच्च मनोबलका साथ कार्य गर्न आग्रह गरे। सेवाग्राहीले छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न विशेष ध्यान दिन उनले निर्देशन दिए।

त्यसैगरी, जिम्मेवारी क्षेत्रभित्र हुने सम्भावित आपराधिक गतिविधिको पहिचान गरी सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरेर समाधानमुखी ढंगले काम गर्नुपर्नेमा उनले जोड दिए। नागरिकको जीउधनको सुरक्षा, शान्ति–सुरक्षा कायम राख्ने कार्य तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी र सुदृढ बनाउन पनि एसपी राठौरले प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

अनुगमन तथा निरीक्षण कार्यक्रमले प्रहरी सेवाको गुणस्तर अभिवृद्धि, सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा टेवा पुग्ने विश्वास गरिएको छ।

Facebook Comments Box
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
८ घण्टा अगाडि

1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…

TOP
415 Shares