

मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु
सगुन बस्नेत ,सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिका–११ मा ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । मेलम्ची नगरपालिकाको सहयोगमा नेत्रज्योति मिडिया हाउसप्रालीको आयोजनामा मेलम्चीमा रहेको होटल हेरिटेजमा तालिमको शुरुवात भएको हो ।
नेपाल पत्रकार महासघंका केन्द्रीय महासचिब राम प्रसाद दाहालको प्रमुख अतिथ्यतामा र नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका उपध्यक्ष कान्ती न्यौपानेको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न वडाका बिद्यार्थीहरु सहभागीता रहनु भएको छ । पानसमा बत्ती बालेर तालिमको उद्धघाटन गर्दै महासचिब दाहालले पत्रकारिता पेशा आफैमा राम्रो मर्यादित पेशा हो यसलाइ प्रयोग गर्न जान्नु पर्छ यो पेशा जोखीम पनी छ भन्नु हुँदै “पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजप्रति उत्तरदायी भएर सत्य र तथ्य प्रस्तुत गर्ने दायित्व पनी भएको बताउँनु हँदै यस्ता तालिमले नयाँ पुस्तामा सही सोच र सीप विकास गर्न मद्दत गर्छ भन्नु भयो ।
नेत्रज्योति मिडीहाउसका सञ्चालक नेत्र बहादुर बस्नेतको सभापतीत्वमा भएको उद्धघाटा समारोहमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक जिल्लाका पुर्ब अध्यक्ष एवम प्रेस युनियन नेपाल बागमती प्रदेसका अध्यक्ष युवराज पुरीले कार्य क्रम संञ्चालन गर्नु हुँदै मेलम्ची नगरपालिकाकमा रहेका युवा युतीहरुलाइ पढ्ने बितीक्कै बिदेस जान भन्दा पनी यही बसेर काम गर्न पर्छ त्यसैले यो पत्रकारिता पेशामा लाग्न चाहनुहुनेका लागी यो तालिम अती महत्वपुर्ण रहेको बताउँनु भयो ।
बिशेष अतिथी कान्ती न्यौपानेले पत्रकार पत्रकारिता र सामाजीक सञ्जाल प्रयोगका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रमका सभापती को तर्फबाट बोल्दै नेत्र बहादुर बस्नेतले “डिजिटल युगमा सूचना छिटो फैलिन्छ, तर सही सूचना प्रवाह अझै महत्वपूर्ण छ । विद्यार्थीलाई प्रारम्भिक चरणमै पत्रकारिताको ज्ञान दिन सके भविष्यका सक्षम सञ्चारकर्मी तयार गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ यो तालिमको आयोजना गरिएको र तालिम लिएका मध्यबाट इच्छुकलाइ मिडीया हाउसमा रोजगारको समेत अबशर दिने बताउँनु भयो । तिन दिन सम्म चल्ने उक्त तालिममा माध्यमिक शिक्षामा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ ।
विद्यार्थीहरूमा पत्रकारिताको आधारभूत ज्ञान, समाचार लेखन सीप, सञ्चार नैतिकता तथा जिम्मेवार सूचना प्रवाहबारे व्यावहारिक विकास गर्नु मुख्य उद्धेश्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममार्फत युवापुस्तालाई सञ्चार क्षेत्रप्रति आकर्षित गर्दै सचेत र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा समाचार लेखन, अन्तर्वार्ता कला, रिपोर्टिङ, सञ्चार नैतिकता तथा डिजिटल मिडियाको प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
उक्त तालिममा रामप्रसाद दाहाल, कान्ती न्यौपाने, युबराज पुरी, निशा देउजा , आइसिंतामाङ प्रशिक्षकाको रुपमा रहनु भएको छ । स्थानीय समाज सेवी सागर श्रेष्ठले यसरी तालि दिएर रोजगारको लागी समेत अबशर प्रदान गर्न लागेकोमा आफुलाइ खुशी लागेको बताउँनु भएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
१९ घण्टा अगाडि
2.5kViews 467 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ । जबर्जस्ती करणीको आरोपमा बारा जिल्लाको सिमरा क्षेत्रमा…



