

गोरखामा भिषण बाढी पहिरो
गोरखा : बिहिबार रातभरको वर्षापछिको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। पालुङ्टार नगरपालिका वडा नं. ६ मा एक व्यक्तिको घर पहिरोले बगाएको छ। वडा नं. ९ मा मोटरेबल पुल र हजारौँ रोपनी खेत बगाएको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए। पालुङटार ६ कल्लेरीमा पहिरोले स्थानीय केशरबहादुर थापाको घर बगाएको छ। घरबासविहीन भएपछि थापाको परिबार नजिकै त्रिपाल टाँगेर बसेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यहाँका आठ घर पहिरोले क्षतिग्रस्त छन्। सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति राना लगायतको घरमा पहिरोले क्षति पुर्याएको प्रहरीको भनाइ छ।
त्यस्तै छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिरोले चारघर उच्च जोखिममा रहेको वडाअध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए। जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको उनले बताए।
त्यस्तै पालुङ्टार ९ जोगीबेशीको राममाया कुँबरको घर स्थानीय खहरेखोलाले क्षतिग्रस्त बनाएको छ। उनको परिबार पुरानो बस्तीस्थित घरमा सरेको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार स्थानीय चुतीखोलाको बाढीले सेराबजार उच्च जोखिममा रहेको छ। सो खोलाको बाढीले जोगीबेशीदेखि विर्दीसम्मको करिब पैँतीससय रोपनी खेत बाढीले बगाएको उनले बताए। भित्र्याउने बेला भएको बर्खेधान(जुडीधान) र रोपाइँको तयारी भइरहेको फाँट बाढीले बगाएपछि किसान चिन्तित छन्।अँबुवा, बिर्दी, सेरा सडकमा रहेको बिर्दीपुल चुती खोलाको बाढीले बगाएको छ। ठाउँठाउँमा झरेको पहिरोले सो सडक अवरुद्ध भएको उनले बताए। त्यस्तै पहिरोले बारकिलो बारपाक सडक पनि अवरुद्ध भएको छ। सिरानचोक गाउँपालिका वडा नं. ७ र ८ स्थित बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अबरुद्ध भएको प्रहरी कार्यालयले जनाएको छ। कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अबरुद्ध रहेको प्रहरीले जनाएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ।
समाज
थप सामाग्री-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
१९ घण्टा अगाडि
2.6kViews 467 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ । जबर्जस्ती करणीको आरोपमा बारा जिल्लाको सिमरा क्षेत्रमा…



