आईजीपी दान बहादुर कार्कीद्वारा टाइगर कपका विजेता तथा उपविजेता खेलाडीहरूलाई बधाई

पोखरा — पोखरामा सम्पन्न छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ भने नेपाल पुलिस क्लब उपविजेता बन्न सफल भएको छ।
प्रतियोगिताको अन्तिम खेलको अवलोकन तथा पुरस्कार वितरण समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
आईजीपी कार्कीले विजेता तथा उपविजेता दुवै टिमका खेलाडीहरूको खेल कौशल, अनुशासन र प्रतिस्पर्धात्मक भावनाको प्रशंसा गर्दै हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो। उहाँले खेलकुदले अनुशासन, नेतृत्व र राष्ट्रिय गौरव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नेपाल प्रहरीले खेलकुद क्षेत्रको प्रवर्द्धनमा निरन्तर साथ दिने प्रतिबद्धता जनाउनुभयो।
प्रतियोगिताले नेपाली महिला भलिबलको स्तर उकास्न तथा उदाउँदा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको सहभागीहरूको भनाइ थियो।

Facebook Comments Box
TOP
345 Shares