होसियार ! विवाहअघि यौन सम्बन्ध राख्ने जोडिले भेटे कोर्रा
इन्डोनेसियामा विवाह अघि नै यौन सम्बन्ध राखेको र मदिरा सेवन गरेको आरोपमा एक जोडीलाई २८० कोर्रा हानिएको छ।
आचे प्रान्तमा इस्लामिक धार्मिक कानुन (शरिया) उल्लंघन गरेको आरोपमा सजाय स्वरूप सार्वजनिक ठाउँमा राखेर युवकलाई १४० र युवतीलाई १४० कोर्रा हानिएको बिबिसीले जनाएको छ।
यो सजाय अहिलेसम्मकै कठोर सजाय रहेको भनेर अधिकारीहरूले बताएका छन्। मानव अधिकारवादीहरूले यसलाई क्रुर र अमानवीय घटना भनेका छन्।
कोर्रा प्रहारबाट २१ वर्षकी ती युवती बेहोस भएकी थिइन्। उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।यो घटना बिहीबारको हो।
इस्लामिक प्रहरी बलले शरिया कानुन उल्लंघन गरेको अभियोगमा दोषी ठहर गर्दै प्रहरीकै एक अधिकारीलाई पनि कोर्रा हानेको थियो।
धार्मिक रूपमा रूढीवादी आचे प्रान्तमा शरिया कानून उल्लङ्घन गरेबापत कोडा प्रहार गरिन्छ। तर मानवअधिकार समूहहरूले यसलाई अमानवीय र क्रूर भन्दै लामो समयदेखि आलोचना गर्दै आएका छन्।
आचेको इस्लामिक फौजदारी संहिताअनुसार विवाहबाहिर यौन सम्बन्ध राखे १०० पटक कोर्रा प्रहार गर्ने व्यवस्था छ भने मदिरा सेवन गरे ४० पटक कोर्रा हानिन्छ ।
इन्डोनेसियाली मानवअधिकार संस्था कोन्ट्रासका आचे संयोजक अजहरुल हुस्नाले कोर्रा प्रहारसम्बन्धी प्रक्रिया स्पष्ट र व्यवस्थित नभएको बताए ।
समाज
थप सामाग्री
सार्वजनिक यातायात सुधार गर्दै काठमाडाैँ महानगर
२ दिन अगाडि
1.6kViews 296 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली सुधार गर्नुपर्ने भन्दै प्रक्रिया…



