इरानमा ग्यास पड्किँदा पाँच जनाको मृत्यु, दर्जनौँ घाइते
तेहरान । इरानका दुई फरक–फरक सहरमा ग्यास चुहावटका कारण भएका विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अरु दर्जनौँ घाइते भएको स्थानीय अधिकारी र सरकारी सञ्चारमाध्यमले बताएका छन् ।
पहिलो घटना दक्षिणी बन्दर अब्बास सहरमा भएको थियो । यहाँ आठतले आवासीय भवनमा शक्तिशाली विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने अरु १४ जना घाइते भए । मेहर समाचार एजेन्सीका अनुसार मोअल्लेम बुलेभार्ड क्षेत्रमा रहेको भवनका दुई तला पूर्ण रूपमा ध्वस्त भएका छन् भने आसपासका पसल र सवारीसाधनमा पनि ठुलो क्षति पुगेको छ ।
प्रारम्भिक अनुसन्धानमा ग्यास चुहावट र त्यसको सञ्चय नै विस्फोटको कारण देखिएको बताइएको छ । घाइतेहरूलाई तत्काल नजिकैका अस्पतालमा भर्ना गरिएको छ । सामाजिक सञ्जालमा सैन्य अधिकारी लक्षित गरेर विस्फोट गराइएको भएको दाबीलाई आधिकारिक रूपमा खण्डन गरिएको छ ।दोस्रो विस्फोट दक्षिण–पश्चिमी सहर आह्वाजको कियानशहर क्षेत्रमा भएको थियो, जहाँ चार जनाको मृत्यु भएको तेहरान टाइम्सले जनाएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमुनि फसेको एक बालकलाई जीवितै निकालेर उपचारका लागि अस्पताल पठाएका छन् ।यी घटनाहरू खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाइरहेको र इरानको आणविक कार्यक्रममा दबाब बढिरहेका बेला भएका हुन् । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग वार्ता गरिरहेको बताएका थिए । तर उनले यसबारे विस्तृत जानकारी दिएनन् ।अमेरिका–इरानबिचको कुनै पनि सम्भावित द्वन्द्व दुवै देश र क्षेत्रका लागि हितकर नहुने चेतावनी इरानी राष्ट्रपति मसूद पेजेश्कियानले दिएका छन् । यसबीच स्थानीय प्रशासनले ग्यास पाइपलाइन र भवनहरूको सुरक्षा जाँच तीव्र बनाउने घोषणा गरेको छ । एजेन्सी
समाज
थप सामाग्री
सार्वजनिक यातायात सुधार गर्दै काठमाडाैँ महानगर
२ दिन अगाडि
1.6kViews 296 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली सुधार गर्नुपर्ने भन्दै प्रक्रिया…



