कैलालीमा नालामा डुबेर १८ महिनाका बालकको दुःखद मृत्यु
2.7kViews
459
Shares
कैलाली । कैलालीको भजनी नगरपालिका–७ चर्रामा नालामा जमेको पानीमा डुबेर १८ महिनाका बालकको दुःखद मृत्यु भएको छ।
स्थानीय बिपत राम कठरियाका छोरा अमन कठरिया सोमबार साँझ घरको आँगनमा खेलिरहेका बेला नजिकै रहेको नालामा जमेको पानीमा खसेका थिए। नालामा खसेपछि गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो।
तर उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। घटनाले स्थानीय क्षेत्रमा शोकको माहोल छाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box
समाज
थप सामाग्री
सार्वजनिक यातायात सुधार गर्दै काठमाडाैँ महानगर
२ दिन अगाडि
1.6kViews 296 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली सुधार गर्नुपर्ने भन्दै प्रक्रिया…



