

राप्रपामा अनुशासन कडाइ: दुई नेतामाथि कारबाही प्रक्रिया सुरु, ७२ घण्टे स्पष्टीकरण माग
काठमाडौँ । (राप्रपा) ले पार्टीभित्र अनुशासन कायम गर्न कडा कदम चाल्दै दुई नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। पार्टीको अनुशासन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई ७२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
समितिका सदस्य भक्ति सिटौलाका अनुसार ती नेताहरूले पार्टीको आन्तरिक विषय सार्वजनिक रूपमा बाहिर ल्याउँदै संगठनात्मक मर्यादा उल्लंघन गरेको आरोप लागेको छ। विशेषगरी, निर्वाचनको संवेदनशील समयमा पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिनु र सामाजिक सञ्जालमार्फत मर्यादाविपरीत टिप्पणी गर्नु गम्भीर अनुशासनहीनता ठहर गरिएको छ।
अनुसन्धान तथा अनुशासन समितिले उनीहरूको गतिविधिले पार्टीको छवि र प्रतिष्ठामा नकारात्मक असर पारेको निष्कर्ष निकाल्दै स्पष्टिकरणका लागि समयसीमा तोकेको हो। समितिले दिएको निर्देशनअनुसार उनीहरूले तोकिएको अवधिभित्र चित्तबुझ्दो जवाफ नदिएमा निलम्बनदेखि निष्कासनसम्मको कडा कारबाही हुन सक्ने संकेत गरिएको छ।
राप्रपाले पछिल्लो समय आन्तरिक एकता सुदृढ गर्न अनुशासनमा कडाइ गर्दै आएको सन्दर्भमा यो निर्णयलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
-
घरदैलोमै पासपोर्ट र लाइसेन्स : सरकारको सेवा अब नागरिकको ढोकामै
-
आज वैशाख ०४ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
अदालतले रोकेपछि गृहमन्त्री गुरुङ असन्तुष्ट : “अब तयारीसहित अघि बढ्छु, कसैलाई छोड्दिनँ”
-
एसएसपी केदार खनाललाई सम्मानपूर्वक बिदाइ, दीर्घ सेवाप्रति उच्च प्रशंसा
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवाद: “हजुरबुवाको अंश, भ्रम नफैलाउनुहोस्”
२ दिन अगाडि
2.9kViews 426 Shares Share on Facebook Share on Twitter काठमाडौं: गृहमन्त्री ले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणबारे उठेका व्यापक आलोचना…



