
आज देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा र हावाहुरीको चेतावनी

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। यसका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका अधिकांश हिमाली र पहाडी भूभागमा बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको जनाइएको छ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
त्यसैगरी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा राति पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
मौसमविद्हरूले सम्भावित वर्षा, हिमपात, चट्याङ्ग र हावाहुरीबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
२ दिन अगाडि
2.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





