सरुवा भएका इन्सपेक्टरहरूलाई आईजीपी दान बहादुर कार्कीको उच्च व्यावसायिक निर्देशन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकहरूलाई नागरिककेन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै उच्च व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित निर्देशनात्मक कार्यक्रममा सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरी कर्मचारीहरूले बोली, व्यवहार र कार्यशैलीमा सुधार गर्दै अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिकको अपेक्षा अनुसार काम गर्नुपर्ने उल्लेख गर्दै कानुनको पूर्ण पालनासहित निष्पक्ष र पारदर्शी प्रहरी सेवा सुनिश्चित गर्न निर्देशन दिए।

आईजीपी कार्कीले आ-आफ्नो कार्यक्षेत्रमा सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म विश्लेषण गरी सोहीअनुसार सुरक्षा योजना निर्माण गर्नुपर्ने बताउँदै सूचना संकलनलाई प्राथमिकतामा राखी शान्ति–सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी परिचालन गर्न निर्देशन दिए।

उनले संगठनको हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्दै नेपाल प्रहरीको साख वृद्धि हुने गरी काम गर्नुपर्नेमा जोड दिए। साथै, विभेदरहित, कानुनसम्मत र पारदर्शी ढंगले सेवा प्रवाह गर्दै नागरिकको विश्वास जित्ने गरी काम गर्न सबैलाई आग्रह गरे।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका विभिन्न विभागीय प्रमुखहरूले पनि सरुवा भएका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा र समसामयिक विषयमा आवश्यक मार्गदर्शन प्रदान गरेका थिए।

सरुवा भई जाने इन्सपेक्टरहरूलाई सफल कार्यकालको शुभकामना दिँदै प्रहरी नेतृत्वले संगठनलाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने अपेक्षा व्यक्त गरेको छ।

Facebook Comments Box
आज जेठ ३० गते शनिबार, यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि

1.8kViews 427 Shares Share on Facebook Share on Twitter मेष आफन्त तथा नजिकका व्यक्तिहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। सामाजिक सम्बन्ध…

TOP
124 Shares