एआईजी सिद्धि विक्रम शाहको प्रमुख आतिथ्यतामा UNPOL Pre-deployment Training १०औँ समूहको समापन

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “UNPOL Pre-deployment Training” को १०औँ समूहको समापन कार्यक्रम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धि विक्रम शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि एआईजी शाहले समापन भई विभिन्न शान्ति मिसनमा जान लागेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै आगामी जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न आवश्यक व्यावसायिक दक्षता, अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कार्यशैली अपनाउन निर्देशन दिए।

उनले संयुक्त राष्ट्रसंघीय प्रहरी (UNPOL) अन्तर्गतको मिसनमा खटिँदा नेपाल प्रहरीको प्रतिष्ठा र छविलाई उच्च राख्ने गरी जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।

समापन कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङले तालिमको उद्देश्य, सञ्चालन प्रक्रिया तथा उपलब्धिबारे संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

उक्त तालिममार्फत प्रशिक्षार्थीहरूलाई शान्ति मिसनमा आवश्यक पर्ने व्यवहारिक ज्ञान, मानवअधिकार, सुरक्षा व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य सम्बन्धी विविध पक्षमा प्रशिक्षण प्रदान गरिएको जनाइएको छ।

समापनसँगै प्रशिक्षार्थीहरू अब विभिन्न UN शान्ति मिसनहरूमा खटिन तयार भएका छन्।

Facebook Comments Box
आज जेठ ३० गते शनिबार, यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि

1.8kViews 427 Shares Share on Facebook Share on Twitter मेष आफन्त तथा नजिकका व्यक्तिहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। सामाजिक सम्बन्ध…

TOP
260 Shares