

ड्युटीमै खटिएका सशस्त्र प्रहरीमाथि ट्रकको ठक्कर, सहायक हवल्दारको मृत्यु, जवान घाइते
बर्दिया । बर्दियामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि ट्रकले ठक्कर दिँदा एक सहायक हवल्दारको मृत्यु भएको छ भने एक जवान घाइते भएका छन्।
आइतबार बिहान गुलरिया नगरपालिका–११ लालपुर क्षेत्रमा भएको दुर्घटनामा बाँसगढी नगरपालिका–५ मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको ज्यान गएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा बाँसगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपक कुमार जंग शाह घाइते भएका छन्।
प्रहरीका अनुसार ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोलीले नेपाल–भारत सीमा क्षेत्रको पिलर नम्बर ५७ नजिकबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा २ भैंसी र १ पाडा नियन्त्रणमा लिएको थियो। ती चौपाया गुलरिया भन्सार कार्यालयतर्फ लैजाने क्रममा बिहान करिब सवा ५ बजे पछाडिबाट ट्रकले ठक्कर दिएको हो।
नेपालगन्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै प्रहरी गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल बर्दिया अस्पताल पुर्याइए पनि सहायक हवल्दार कडेललाई चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते जवान शाहको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको छ। उनीहरू दुवै सशस्त्र प्रहरी बलको फर्वार्ड अपरेटिङ बेस गणेशपुरमा कार्यरत रहेको जनाइएको छ।
दुर्घटनामा नियन्त्रणमा लिइएका मध्ये एक भैंसीसमेत मरेको प्रहरीले जनाएको छ। ट्रक चालक मकवानपुर बागमती गाउँपालिका–५ समरी (हेटौंडा) का ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते भएका छन् र उनको बर्दिया अस्पतालमै उपचार भइरहेको छ।
प्रहरीले ट्रक नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
समाज
थप सामाग्री-
मधेसमा सुशासन र प्रहरी सुधारका लागि आईजीपी कार्की र डीआईजी थपलियाको सक्रिय नेतृत्व प्रशंसनीय
-
नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक क्षमता अभिवृद्धि कार्यक्रम सुरु
-
चापाकोट प्रहरी कार्यालयको अनुगमन गर्दै एसपी राठौरको निर्देशन : सेवाग्राहीमैत्री सेवा र सुरक्षा व्यवस्थामा जोड
-
वन अतिक्रमण हटाउने नाममा टेम्पो भिरबाट खसालियो, वन कार्यालयको सफाइप्रति थप प्रश्न
-
धार्के बजारमा पृथ्वी राजमार्ग कालोपत्रे सुरु, धुलो–जामबाट राहतको आशा
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
८ घण्टा अगाडि
1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…



