

‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )
काठमाडौँ । गायिका मेलिना राई र सियोन महर्जन (क्षितिज) को युगल स्वरमा ‘कहीँ नभाको जात्रा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा शब्द तथा सङ्गीत योगेन्द्र उपाध्यायको रहेको छ भने रेकर्डिस्टको भूमिकामा शङ्कर लिम्बू रहेका छन्। सङ्गीत संयोजन (अरेन्जमेन्ट), मिक्सिङ र मास्टरिङको काम विश्व अधिकारीले गरेका छन्।

भिडियोमा कलाकारका रूपमा सियोन महर्जन र खुसी कार्कीले अभिनय गरेका छन्। निर्देशन तथा कोरियोग्राफीको जिम्मेवारी सियोन श्रेष्ठले लिएका छन् भने छायाङ्कन उत्सव दाहालले गरेका छन्। सम्पादन र कलर ग्रेडिङको काम मनोज कार्कीले सम्पन्न गरेका छन्।

यस म्युजिक भिडियोका निर्माता डा. साइअन महर्जन हुन् भने व्यवस्थापन निर्मल न्यौपाने र प्रस्तुति क्षितिज महर्जनको रहेको छ। भिडियो गायक महर्जनकै आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ। गायक महर्जन ‘द भोइस अफ नेपाल’ सिजन ७ मा ‘टिम मेलिना’ को तर्फबाट टप ३ फाइनलिस्ट समेत रहेका थिए।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





