

माइतीघरमा विद्यार्थी प्रदर्शन : सुस्ता सीमा विवाद र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति
काठमाडौं — काठमाडौंको माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी निकट विद्यार्थी सङ्गठनले सरकारको पछिल्लो अभिव्यक्ति र सीमा विवादलाई लिएर विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हालै दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहित विपरीत भएको आरोप लगाएका छन्। साथै, नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको हस्तक्षेपप्रति पनि उनीहरूले विरोध जनाएका छन्।
सङ्गठनले आयोजना गरेको प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सुस्ता क्षेत्रमा भारतीय पक्षबाट भइरहेको भनिएको ज्यादती रोक्न सरकार गम्भीर हुनुपर्ने माग गरेका छन्। उनीहरूले राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षाका विषयमा राज्यले कडा कूटनीतिक तथा सुरक्षा पहल गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘कमजोर राष्ट्रहरूमाथि साम्राज्यवादी हस्तक्षेप बन्द गर’, ‘सुस्तामा एसएसबीको बुटछाप, घण्टी सरकार चुपचाप, मलाई बोल्न दे सरकार’, ‘भारतीय साम्राज्यवाद मुर्दावाद’ र ‘विद्यार्थी एकता जिन्दावाद’ जस्ता नारा अंकित प्लाकार्ड प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै विद्यार्थीहरू एकजुट भएर आन्दोलन र सचेतना अभियानमा सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।
समाज
थप सामाग्री-
मधेसमा सुशासन र प्रहरी सुधारका लागि आईजीपी कार्की र डीआईजी थपलियाको सक्रिय नेतृत्व प्रशंसनीय
-
नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक क्षमता अभिवृद्धि कार्यक्रम सुरु
-
चापाकोट प्रहरी कार्यालयको अनुगमन गर्दै एसपी राठौरको निर्देशन : सेवाग्राहीमैत्री सेवा र सुरक्षा व्यवस्थामा जोड
-
वन अतिक्रमण हटाउने नाममा टेम्पो भिरबाट खसालियो, वन कार्यालयको सफाइप्रति थप प्रश्न
-
धार्के बजारमा पृथ्वी राजमार्ग कालोपत्रे सुरु, धुलो–जामबाट राहतको आशा
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
८ घण्टा अगाडि
1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…



