पूर्व गभर्नर तिलक रावलका छोरा विनय रावलमाथि नक्कली भ्याट बिल प्रयोग गरी कर्जा लिएको आरोप, राष्ट्र बैंकमा उजुरी

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलका छोरा विनय रावलविरुद्ध नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल तथा वित्तीय विवरण प्रयोग गरेर बैंकबाट कर्जा लिएको आरोपसहित नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता भएको छ।

राष्ट्र बैंकको गुनासो व्यवस्थापन इकाइमा दर्ता भएको उजुरीमा विनय रावल आबद्ध कम्पनी ‘एक्सप्लोराकोडो’ले व्यावसायिक कर्जा प्राप्त गर्ने क्रममा वास्तविक कारोबारभन्दा ठूलो देखाउन फर्जी कागजात प्रयोग गरेको दाबी गरिएको छ।

उजुरीकर्ताले कम्पनीले बैंकमा पेश गरेका केही भ्याट बिल तथा वित्तीय विवरणको विश्वसनीयतामाथि प्रश्न उठाउँदै ती कागजातको सत्यता छानबिन गर्न माग गरेका छन्। आन्तरिक राजस्व कार्यालयबाट प्रमाणित नभएका वा शंकास्पद भ्याट बिलका आधारमा कारोबारको आकार बढाइचढाइ प्रस्तुत गरिएको आरोप पनि उजुरीमा उल्लेख छ।

त्यस्तै, सोही कागजातका आधारमा बैंकबाट करोडौं रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको दाबी गर्दै घटनालाई बैंकिङ कसुर तथा वित्तीय अनियमितताको दृष्टिले अनुसन्धान गर्न माग गरिएको छ।

नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार व्यावसायिक कर्जा स्वीकृत गर्दा ऋणीको वास्तविक कारोबार, वित्तीय अवस्था, करसम्बन्धी विवरण तथा कर्जा भुक्तानी क्षमताको मूल्यांकन गरिन्छ। तर उजुरीमा यी आधारभूत सूचनामा गलत विवरण प्रस्तुत गरिएको आरोप लगाइएको छ।

‘चेञ्ज फर नेपाल’ नामक इमेलमार्फत पठाइएको उक्त उजुरीको बोधार्थ राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग र गभर्नरको कार्यालयमा समेत दिइएको छ।

यद्यपि, राष्ट्र बैंकले यस विषयमा हालसम्म कुनै आधिकारिक निर्णय वा निष्कर्ष सार्वजनिक गरेको छैन।

Facebook Comments Box
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
८ घण्टा अगाडि

1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…

TOP
462 Shares