

आज मिति २०७९ जेठ २४ गते मंगलबार, कालिञ्चोकमाता ले रक्षा गरुन
मेष
काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । मन खुसि रहनेछ ।
वृष
नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
मिथुन
धेरैले बिश्वास गर्नेछन । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन भने रमाइलो यात्राको योग रहेको छ ।
कर्कट
समय साथीभाईसंग रमाइलोमा बित्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
सिंह
प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ ।
कन्या
प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन ।
तुला
नसोचेको धन लाभ हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ ।
वृश्चिक
आम्दानी प्रशस्तै बढ्नेछ । परिवारसंग मनमुटाब हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।
धनु
सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।
मकर
ब्यापार ब्यबसायबाट त्यति लाभ मिल्नेछैन । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।
कुम्भ
सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ । साथीभाइको सहयोगले आत्मबल बढ्नेछ । आमाको साथले नयाँ कामको थालनी हुनेछ ।
मीन
आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२१ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



