

गोली हानी गम्भीर घाइते बनाउने दुई जना पक्राउ
सिरहा असार १३ । लहान नगरपालिका-२२ बेली जटियाही बस्ने १८ वर्षीय दिलिप कुमार मुखियालाई गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा सोही नगरपालिका-२२ बेली जटियाही बस्ने १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय किशोर लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू तीन जना सँगै बसिरहेको अवस्थामा सुशान्तले दिलिपलाई गोली हानी घाइते भएको र प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि धरान घोपा रिफर भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सुशान्त चौधरीको साथबाट १ थान पेस्तोल, ५ राउण्ड गोली, १ थान म्याग्जिन र १ थान फायर भएको खोका तथा उनकै घर नजिकैको बाँसघारीबाट १ थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र पेस्तोलमा लाग्ने ४ राउण्ड गोली फेला पारी बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोबताएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
१९ घण्टा अगाडि
2.5kViews 467 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ । जबर्जस्ती करणीको आरोपमा बारा जिल्लाको सिमरा क्षेत्रमा…



