

भारी वर्षाका कारण हिमाचल प्रदेशमा ३० जनाको मृत्यु, ३४ जना बेपत्ता
नयाँ दिल्ली । भारतको हिमाचल प्रदेशमा मुसलधारे वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । त्यहाँको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाका अनुसार अहिलेसम्म ३४ जना बेपत्ता भएका छन् ।
१९ जुनमा हिमाचल प्रदेशमा मनसुन आइपुगेको थियो । त्यसपछि यहाँ निरन्तर वर्षा भइरहेको छ । बुधबार मन्डी जिल्लामा दस जनाको मृत्यु भयो’ डीसी राणाले भनेका छन् ।
२९ र ३० जुनमा सम्पूर्ण क्षेत्रमा भारी वर्षा भएको थियो र यसले निकै क्षति पुर्याएको पनि उनले बताए । धेरै ठाउँबाट बादल फाँटेको र विनाशको रिपोर्ट आएको पनि उनले बताए । हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्यास नदीमा बाढी आएको छ । भारतीय मौसम विभागले राज्यमा रेड अलर्ट जारी गरेको छ ।एजेन्सी
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१३ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



