

ईद उल फित्रको अवसरमा पूर्वगृह राज्यमन्त्री अन्सारीद्वारा शुभकामना व्यक्त
काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रको अवसरमा पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.रिजवान अन्सारीले शुभकामना व्यक्त गरेका छन् ।
शनिबार ईद उल फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष अन्सारीले नेपाली मुस्लिम तथा विश्वका सम्पूर्ण मुस्लिमहरुमा ईद मुबारक भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘आज धेरै खुशीको दिन हो । समानता, सामाजिक न्याय, भ्रातृत्व, सहअस्तित्व र सबै धर्मको सम्मान गर्दै खुशीको साटासाट गरिरहेका छौं । यस अवसरमा सम्पूर्ण नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् मजबुत र सुदृढ बनाउन सफल होऊन् भन्ने शुभकामना पनि दिन चाहन्छु ।’
उनले शुभकामना दिँदै एउटा दुःखद स्थिति पनि रहेको बताएका छन् । ईदकै दिन मधेश प्रदेशको लोकसेवा आयोगले परीक्षा राखेकोप्रति भर्त्सना पनि गरेका छन् । उनले ईदका आयोगले परीक्षा राखेकोले मुस्लिम विद्यार्थीहरु खुशी मनाउन नपाएर परीक्षा दिन जानुपर्ने बाध्यता सिर्जना भएकोले आफ्नो पार्टी र सम्पूर्ण मुस्लिम समुदायको तर्फबाट सरकारको भर्त्सना गरेका हुन् ।
उनले ईदकै दिन आयोगले परीक्षा राखेर नेपाली मुस्लिमहरुको संवैधानिक र मौलिक अधिकारमा हनन् गर्ने प्रयास गरिएको भन्दै सच्याउन मागसमेत गरेका छन् । आगामी दिनमा सबै धर्मावलम्बीहरुको चाडपर्वलाई ध्यानमा राखी परीक्षा सञ्चालन गर्न सरकारलाई सुझाव दिए ।
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
७ घण्टा अगाडि
1.8kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



