

बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाभित्रका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासी बस्ती हटाउने अभियान तीव्र बनाएको छ। यसक्रममा आज बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाइएको छ।
अभियान सञ्चालनसँगै उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरू व्यापक रूपमा परिचालन गरिएको छ। स्थानीय बासिन्दालाई सुरक्षित रूपमा स्थानान्तरण गर्न प्राथमिकता दिइएको छ।
आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन सुरक्षाकर्मीले सहजीकरण गरिरहेका छन्। सरकारले प्रभावित नागरिकको व्यवस्थापनलाई ध्यानमा राख्दै वैकल्पिक बसोबास र आवश्यक सहयोगको व्यवस्था गर्ने जनाएको छ।
नदी किनार अतिक्रमण हटाई वातावरणीय सन्तुलन कायम गर्ने र व्यवस्थित सहरी विकासलाई अघि बढाउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको सरकारको भनाइ छ।
समाज
थप सामाग्री-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
-
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
-
आज बैशाख १८ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
झापामा जंगली जनावरको आतंक : हात्ती र चितुवाका कारण बस्ती त्रसित
४ घण्टा अगाडि
1.8kViews 283 Shares Share on Facebook Share on Twitter झापा । जिल्लाको बुद्धशान्ति र मेचीनगर क्षेत्रमा जंगली जनावरको गतिविधि बढ्दै…



