

तापक्रमले नाघ्यो सीमा
काठमाडौं । तापक्रमले ‘थे्रसहोल्ड’ नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ। कुनै पनि स्थानमा तापक्रमको थे्रेसहोल्ड तोकिएको हुन्छ। त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई प्राविधिक भाषामा हिटवेभ भनिन्छ। चितवनदेखि पूर्वी तराई, गण्डकीको पोखरा आसपासका केन्द्र साथै दाङमा पनि हिटवेभको समस्या देखिएको छ। समग्रमा मध्य तथा पूर्वी तराईका धेरैजसो जिल्लाहरूमा हिटवेभ देखिएको हो। गर्मी बढेका अधिकांश स्थानमा विद्यालयहरू बन्द गरिएका छन्।जल तथा मौसम विज्ञान विभागमा कार्यरत मौसमविद् सुदर्शन हुमागाईंका अनुसार लगातार तीन दिन उस्तै गर्मी भएमा त्यसलाई हिटवेभ भनिन्छ। हिटवेभ हुनका लागि थ्रेसहोल्ड कट्नुपर्छ। प्रत्येक स्टेसनका फरक–फरक थ्रेसहोल्ड हुन्छन्।
हट डे, भेरी हट र एस्ट्रिम हट डे) गर्मी, धेरै गर्मी र अत्यन्त गर्मीमा वर्गीकरण गरिन्छ। बुधबार र बिहीबार इटहरीको तरहराको तापक्रम ३७.७ डिग्री पुग्यो। तरहराको तापक्रम ३५ डिग्री कटेपछि गर्मी मानिन्छ। र, ३६ डिग्री भएपछि धेरै गर्मी र ३७.७ कटेपछि अत्यन्त गर्मी मानिन्छ। त्यहाँ लगातार तीन दिन अत्यन्त गर्मी देखिएकाले हिटवेभ सुरु भइसकेको हुमागाईंले बताए।
गत अप्रिलमा पनि त्यहाँ हिटवेभ देखिएको थियो। त्यहाँ ३८.१ देखि ३८.६ डिग्रीसम्म पुगेको थियो। गत दुई दिनमा कैलालीमा ३९.८ र ३९.९ डिग्री तापक्रम पुगेको छ। टीकापुर क्षेत्रमा ३९.५ कटेपछि गर्मी मानिन्छ। अहिले ३९.८ पुगिसकेको छ। जनकपुरमा धेरै गर्मी छ।
बुधबारदेखि जनकपुरको तापक्रम ३९.१ डिग्री छ। जनकपुरमा ३७ डिग्री पुगेपछि गर्मी, ३८.२ डिग्री कटेपछि धेरै गर्मी र ४० डिग्री कटेपछि अत्यधिक गर्मी मानिन्छ। तर, नेपालगन्जको तापक्रम सामान्य अवस्थामा यथावत् छ।
काठमाडौंको पनि निकै गर्मी महसुस भएको छ। बुधबार काठमाडौंको तापक्रम ३०.७ डिग्री पुगेको थियो। यहाँ ३१.३ डिग्री नाघेपछि धेरै गर्मी मानिन्छ। तर, धापाखेलको थ्रेसहोल्ड थोरै छ। त्यहाँ ३० डिग्री पुग्दा धेरै गर्मी मानिन्छ। धापाखेलमा दुई दिन लगातार ३०.४ र ३०.७ देखिएकाले धेरै गर्मी देखिएको उनले जनाए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
९ घण्टा अगाडि
2.1kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



