

नारायणी नदीमा छठको तयारी
भरतपुर । चितवनको नारायणी नदीमा छठ पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समिति नारायणगढले छठ पूजाका लागि घाट सम्याउने, सरसफाइ गर्ने र टेन्ट निर्माण गरिरहेको छ । समितिका उपाध्यक्ष राजेशबाबु गुप्ताका अनुसार यस वर्ष व्रतालुहरुको सुविधाका लागि टेन्ट निर्माण भइरहेको छ । “नारायणीमा अघ्र्य दिँदा सुविधा होस् भनेर घाट सम्याउने काम गरिरहेका छौँ”, उनले भने, “भरतपुर महानगर र चितवन प्रशासनसँग समन्वय गरी काम गरिरहेका छौँ ।” नारायणी नदी किनारमा छठ मनाउन आउने भक्तजनको हरेक वर्ष उल्लेख्य उपस्थिति भइरहेकाले यस वर्ष पनि गतको तुलनामा बढी भक्तजन आउने गुप्ताले बताए । पहिले पहिले तराईवासीले मात्रै मनाउने छठ पछिल्लो समय पहाडी समुदायका मानिसले समेत पूजा गर्ने र हेर्न आउने उनको भनाइ छ ।नदी किनारमा पूजाका लागि छुट्टाछुट्टै ठाउँ निर्माण गरिएको छ भने ती स्थानमा सूर्यदेवसहित विभिन्न भगवानका मूर्ति राखिने समितिका उपाध्यक्ष गुप्ताले जानकारी दिए । उनका अनुसार यहाँ चितवनसहित नवलपरासी पूर्व (नवलपुर), तनहुँ, धादिङ, गोरखा र लमजुङबाट व्रतालु छठ मनाउन आउने गरेका छन् ।समितिका सदस्य दिलीपकुमार गुप्ताले १६ वर्षदेखि नारायणी किनारमा व्यवस्थितरुपमा छठ पर्व मनाउन थालिएको बताए । “कालीगण्डकीको शालिग्राम लिएर बग्ने नारायणी पवित्र नदी हो । त्यसैले प्रत्येक वर्ष छठको अवसरमा व्रतालुहरु यहाँ आउने गरेका छन्”, उनले भने, “विसं २०४८ देखि सानो समूह बनाएर यहाँ छठ मनाइन्थ्यो । समिति स्थापना भएपछि व्यवस्थित रुपमा मनाउन थालिएको हो ।” व्यवस्थापनका लागि समितिले घरदैलो कार्यक्रममार्फत स्वेच्छिक रुपमा आर्थिक सहयोग सङ्कलन गरेको उनको भनाइ थियो ।
नारायणगढमा व्यवसाय गर्दै आएका राकेश यादवले आस्था र विश्वासको धरोहरका रुपमा छठ पर्व मनाउँदै आएको उनले बताए । उनले छठ नयाँ पुस्ताका लागि पनि उल्लासको पर्व भएको बताए । “छठका बेलामा पहिला पहिला तराईका आफ्नै जिल्लामा वा घरमा जाने गरिएकामा पछिल्लो समयमा यही नदी किनारमा व्रत बस्न थालेका छन् । सोही कारण हरेक वर्ष भक्तजनको सङ्ख्या बढ्दै गएको हो”, यादवले भने ।
यस क्षेत्रमा नारायणी किनारसँगै माडी नगरपालिकाको रिउ, बाँदरमुढे, चितई, रतनी खोला, राप्तीको पम्फा, ढुम्री, लोथर खोला, कालिका नगरपालिकाको खगेरी, बुङ खोलामा छठको पूजा गर्ने गरिन्छ । उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ ।
आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र बिहीबार बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठ पर्व सकिन्छ । चामल, पीठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायत प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।रासस
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
७ घण्टा अगाडि
1.8kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



