

बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ
काठमाडौं, माघ १५ ।
बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सिंहले बिभिन्न ब्यक्तिहरूलाई प्रलोभनमा पारी साझेदारीमा जग्गा/जमिन खरिद गर्ने, ब्यापार ब्यवसाय सञ्चालन गर्ने भनी झुक्यानमा पारी लिएको रकममध्ये एकजनालाई ६० लाख रुपैयाँ फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा बैंकबाट चेक बाउन्स भएपश्चात फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट पक्राउ गरेको हो ।
साथै सिंहले अर्का एकजना पीडितलाई समेत यस्तै प्रकारले दिएको ६१ लाख रूपैयाँको बैंक चेक बाउन्स भई उच्च अदालत पाटन ललितपुरको २०७७ पुस १५ गतेको आदेशले १५ लाख धरौटी माग हुँदा तत्काल बुझाउन नसकी उनी डिल्लीबजार कारागारमा गएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनी उपर उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
७ घण्टा अगाडि
1.8kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



