

टुँडिखेलमा दुई दिन माघी महोत्सवमा रमाउँदै थारू समुदाय
काठमाडौँ । थारू समुदायले यही पुस २९ गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।उनले भने, “२०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छौँ । थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुईदिन महोत्सव मनाउने निर्णय गरेका हौँ । पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखेका छौँ भने दोस्रो दिन माघी महोत्सव आयोजना गर्नेछौँ ।”उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यस वर्ष ‘थारू संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाउन लागिएको हो । उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ । बीसभन्दा थारू सङ्घसंस्थाको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन÷परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायतका करिब सयभन्दा बढी स्टल रहने उनले बताए ।प्रचारप्रसार गर्ने उद्देश्यका साथ र्याली पुस २७ गते शनिबार बिहान ७ बजे मोटरसाइकल र्याली तीनकुनेबाट सुरू भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारू संस्कृति, वेशभूषा, बाजागाजा, सङ्घ संस्थाको तुल ब्यानरसहित न्यूरोड, वसन्तपुरमा जम्मा भई झाँकी र्याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडिखेलमा सरिक अध्यक्ष चौधरीको भनाइ छ ।
उनका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ । रक्तदान कार्यक्रमको संयोजन पुष्पा चौधरीले गर्नेछिन् भने जिता मार्ने कार्यक्रमको संयोजन बर्दियाली थारू विकास मञ्चले गरेको छ ।
यस्तै महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाच) सहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतको धमाकेदार प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए ।
महोत्सवमा थारू जातिले माघीपर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार) रहनेछन् ।
बालु सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डिक रोटी, तेलपौर रोटीलगायत विभिन्न परिकारको राखिने छ । महोत्सवमा देशभरका थारू समुदायको उपस्थिति रहने छ । हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री वितरणमा थारू हस्तकला तथा थारू जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्रपत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ ।साथै हस्तकलाका सामग्री वेशभूषाः गोन्या (गुन्यु) चोल्या (चोलो), लेहङ्गा, भेग्वा, अंगुछा, धोती, लङ्गौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालरसहित अन्यमा ढकिया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीप्रदर्शनीमा राखिने छ । महोत्सवमा सहभागी भएकाले मन पराएका हस्तकला तथा पुस्तकहरू निश्चित दरमा खरिद गर्न सक्नेछन् ।महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब रू २१ लाख खर्च हुने अनुमान गरिएको मूल आयोजकले जनाएको छ ।रासस
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
८ घण्टा अगाडि
1.9kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



