

तीन जिल्लामा एमाले अधिवेशनकाे नयाँ मिति ताेकियाे
महोत्तरी, २२ माघ
नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनकाे मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझकाे बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमश: ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेकाे हाे ।
आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए ।
प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइइसकेको बताउदै आएका छ भने अर्को पक्षले विराेध गर्दै आएकाे छ ।
महोत्तरीमा चार केन्द्रीय सदस्यमध्ये दुई जना एउटा कित्तामा र दुई जना अर्को कित्तामा उभिएका छन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवीले जिल्ला कमिटीका लागि सपथसमेत खुवाए भने केन्द्रीय सदस्यद्वय सरोज यादव र टेकबहादुर बलाम्पाकीले विराेध गर्दै आएका छन् ।
कोभिडको कारण देखाउदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेकाे थिएन ।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१४ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



