

विश्वमा आतंककारी कसरी जन्मिन्छन्?
– कृष्णप्रसाद शर्मा पन्थी
संसारकै इतिहास र राष्ट्रको सम्पन्नता र विकाससँगै मानिसमा विभिन्न विभेद र अमानवीय प्रवृत्ति लुकेको हुन्छ। विभिन्न देश त्यसै देश भएका होइनन्। यिनका पछाडि अनगिन्ती युद्ध, संघर्ष र बलिदानको इतिहास चरिएको हुन्छ। विश्वमा मानवीय विभेद भएको हुन्छ। ठूलो सानो, गरिब धनी, शासक र शासित तथा विभिन्न वर्ग समुदाय, पूँजीपति र श्रमिक यसमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न रहेका हुन्छन्।
इराक, इरान, युगोस्लाभिया र विभिन्न अफ्रिकी देश, इजरायल, अफगानिस्तान र अन्य कयौं देश आन्तरिक कलह, असन्तुष्टि, आन्दोलन, विरोध, युद्ध, अमेल तथा आतंकबाट ग्रसित रहेका छन्। विभिन्न देशमा किन आतंककारी संगठन छन् र ती संस्थाहरू स्वस्फूर्त रूपमा र विदेशीले समेत शक्ति सन्तुलन र स्वार्थको लागि समेत स्थापित गरेका हुन्छन्। वर्तमान सन्दर्भमा इरानकै कुरा गर्ने हो भने आयातुल्ला खुमैनी इरानी राष्ट्रपति हुन्। इरानमा भू–प्रकृति, खनिज, सुन, हिरा र ठूला ठूला कम्पनी थिए। सरकारी असन्तुष्टिका कारणले त्यहाँ विभिन्न विद्रोही पैदा भए, समुद्री डाँका देखि विभिन्न कम्पनीमा धावा बोल्न थाले, यहाँसम्म कि देशको सत्ता समेत कब्जा गर्न हातहतियारसहित आतंक फैलाएर देशको सत्ता नै कब्जा गरेका हुँदा आतंककारी भनिएको हो।
पहिला विरोध र विद्रोह गर्छन् र सत्ताधारीले उनीहरूका माग समाधान नगरे शसस्त्र विद्रोहबाट आतंककारी जन्मिन्छन्। यसरी इजरायलमा हूती, हजमुल्लाह, हमास र विभिन्न आवरणमा देश नै कब्जा गरेका छन्। नेपालमा पनि माओवादी जनयुद्ध चरम राज्य सत्ताको असन्तुष्टि नै थियो र तत्कालीन सरकारलाई माओवादी नेता बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे मागपत्रसहित अल्टिमेटम दिएकोमा तत्कालीन प्रधानमन्त्री देउवाले मानेनन्, जसका कारणले जनयुद्ध भयो।माओवादी सत्ता र शक्तिमा गयो तर देशमा न परिवर्तन भयो, न विकास। केही नेताहरू सम्भ्रान्त भए, अकूत सम्पत्ति कमाए। माओवादी, काँग्रेस, एमालेका र अन्य केही पार्टीका उच्च नेतृत्वको सुख–सयल, सम्पत्ति र ज्यान बनाए तर नेपाली नागरिक यिनकै विश्वासघात र राष्ट्रघातमा रमाए!
यसैगरी आतंककारी भनिएका सत्ताधारी भएर पछि विप्लवलाई पनि आतंककारी बनाइयो र वर्तमान प्रधानमन्त्रीले राजनीतिक मूलधारमा ल्याउने काम गरेको इतिहास जीवित छ। मानिस आफैं आतंककारी बन्दैन तर उसलाई दिइने पीडा, अपमान, विभेद, थिचोमिचो र सरकार र समाजबाट अवहेलित भएकै कारणले हातहतियार लिएर अन्याय र अत्याचार विरुद्ध लड्छ र जसबाट देशमा आमूल परिवर्तन हुन्छ र दशकौंसम्म सत्ता चलाएका शासक अफगानिस्तानका राष्ट्रपति भागे जस्तै भाग्न बाध्य हुन्छन्। देशका शासकले यस्ता विभेद र जनसंवोधन तथा मागलाई वेवास्ता गरेमा जतिखेर पनि फेरि आतंककारी बन्न सक्ने अवस्था नआउला भन्न सकिन्न। नेपालकै परिप्रेक्ष्यमा माओवादी जनयुद्धको उपलब्धि महान् र यिनीहरूले ठूलो उपलब्धिको रूपमा गणतन्त्र ल्याए। राजा र राजसंस्थालाई सत्ता र शक्तिहीन बनाए। यही हो उपलब्धि र देशको विकास?
जय जन्मभूमि नेपाल।।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१९ घण्टा अगाडि
2.6kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



