

तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात
काठमाडौं ।तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर तातोपानी ल्याएको हो ।
नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो । माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ । ती सबै तातोपानी नाका भएर काठमाडौ आयात हुँदै छन् ।
चिनियाँ हेलिकोप्टरको मूल्यअनुसार राजस्व लिने तयारी गरेको तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले जानकारी दिए । यात्रु शाखामा रहेको हेलिकोप्टरको भन्सार जाँचपास एक–दुई दिनभित्र हुने उनले बताए । ‘चार करोड १२ लाखभन्दा बढी राजस्व संकलन गरेर भन्सार जाँचपास हुनेछ,’ उनले भने, बिहीबार प्राविधिक टोली आएर हेलिकोप्टरको अवस्था चेकजाँच गरेपछि तातोपानीबाट काठमाडौं उड्छ ।’
समाज
थप सामाग्री-
गृहमन्त्री गुरुङमाथि छानबिनको माग: कांग्रेसको चेतावनी—‘ढाकछोप भए जनविश्वासमा गम्भीर आघात’
-
प्रहरी विधेयक पुनरावलोकनमा : प्रजिअ–प्रहरी अधिकार बाँडफाँटमा चर्को विवाद
-
“फेसबुक स्पष्टीकरणप्रति राप्रपा सांसद खुश्बु ओलीको आपत्ति: गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह”
-
आज अक्षय तृतीया : धार्मिक विश्वास, दान र शुभकार्यको विशेष दिन
-
सुशासनको नारा र हित–द्वन्द्वको गम्भीर प्रश्न
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१२ घण्टा अगाडि
2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…



