भारी वर्षाका कारण हिमाचल प्रदेशमा ३० जनाको मृत्यु, ३४ जना बेपत्ता

नयाँ दिल्ली । भारतको हिमाचल प्रदेशमा मुसलधारे वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । त्यहाँको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाका अनुसार अहिलेसम्म ३४ जना बेपत्ता भएका छन् ।

१९ जुनमा हिमाचल प्रदेशमा मनसुन आइपुगेको थियो । त्यसपछि यहाँ निरन्तर वर्षा भइरहेको छ । बुधबार मन्डी जिल्लामा दस जनाको मृत्यु भयो’ डीसी राणाले भनेका छन् ।

२९ र ३० जुनमा सम्पूर्ण क्षेत्रमा भारी वर्षा भएको थियो र यसले निकै क्षति पुर्‍याएको पनि उनले बताए । धेरै ठाउँबाट बादल फाँटेको र विनाशको रिपोर्ट आएको पनि उनले बताए । हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्यास नदीमा बाढी आएको छ । भारतीय मौसम विभागले राज्यमा रेड अलर्ट जारी गरेको छ ।एजेन्सी

Facebook Comments Box
TOP
287 Shares