

जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा कार्यरत लेखापाल अकलेश सहनी सरुवा भइसके पनि नयाँ कार्यालयमा नगएकाे समाचार प्राप्त भएकाे छ। एक हप्ता भन्दा बढी समय अगाडि जिल्ला प्रशासन कार्यालय बारामा सरुवा भएका सहनी हाल पनि धाेबिनी गाउँपालिकाकै कार्यालयमा उपस्थित हुने गरेकाे स्थानीयहरूले बताएका छन्।
सहनीकाे ठाउँमा नयाँ लेखापाल हाजिर भइसकेको र गाउँपालिकाकाे खाता समेत नयाँ लेखापालकै नामबाट सञ्चालन भइरहे पनि सहनीले आफ्नो जिम्मेवारी हस्तान्तरण गर्न अस्वीकार गर्दै कार्यालयमै बसेर विवाद सिर्जना गर्दै आएको स्रोतले जनाएको छ। त्यसमाथि प्रमुख प्रशासकीय अधिकृतले ‘सरुवा भइसकेको’ भन्दै कागजात बुझाउन भनेपछि सहनीले उल्टै गालीगैलोज गरेको जानकारी प्राप्त भएको छ। गाउँपालिका अध्यक्षसँगसमेत उनले अभद्र व्यवहार गरेको आरोप छ।
अकलेश सहनी विवाद, गालीगैलोज, धम्की र अनुशासनहीनताका लागि परिचित नाम भएको कर्मचारी बृतमा चर्चा छ। आफू ‘बाहुबली’ भएको र कसैले केही गर्न नसक्ने भन्दै धम्की दिने उनीकाे पुरानै बानी भएको स्थानीयहरू बताउँछन्।
यसअघि सखुवा–प्रसाैनी गाउँपालिका, छिपहरमाई गाउँपालिका र नारायणी अस्पतालमा कार्यरत रहँदा पनि उनले निरन्तर विवाद, झगडा, अनुशासनहीन व्यवहार र अनैतिक क्रियाकलापका घटना दोहोर्याएको स्रोतहरूमार्फत खुलेको छ।
सखुवा–प्रसाैनी गाउँपालिकामा सरुवा हुँदाकाे बेला पनि उनले लामो समय बुझबुझारत नगरी कार्यालयमा अवरोध सिर्जना गरेको, छिपहरमाईमा त गाउँपालिका अध्यक्ष र हाकिमसँग हात हालाहाससम्मको घटना भएको बताइन्छ।
नारायणी अस्पतालमा कार्यरत रहँदा नाइट ड्युटीमा खटिएका महिला कर्मचारीलाई जिस्काएको घटना सार्वजनिक भएपछि छानबिन समिति गठन भए पनि कारबाही नहुँदा उनकाे मनोबल झन् बढेको कर्मचारीहरू बीच चर्चा छ।
सहनीकाे निरन्तर विवाद, गालीगैलोज र सरुवा अवज्ञा सम्बन्धी गतिविधिप्रति अहिले कर्मचारी बृतमा चर्को असन्तुष्टि बढेको छ।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१० घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



