

इटहरी यातायात कार्यालयमा ‘सेटिङ’ उजुरीपछि छानबिन सुरु
विराटनगर । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई आर्थिक लेनदेन र सेटिङको माध्यमबाट उत्तीर्ण गराइँदै आएको उजुरी परेपछि छानबिन सुरु भएको छ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा परेको उजुरीका आधारमा कार्यालय प्रमुख सतिश सत्याललाई मन्त्रालयमा तानिएको छ। उजुरीमा स्वास्थ्य परीक्षणमा फेल भएका परीक्षार्थीहरूलाई ‘रि–चेक’को बहानामा कर्मचारी र बिचौलियाको मिलेमतोमा पास गराइएको दाबी गरिएको थियो।
मन्त्रालयका सचिव आस्मान तामाङका अनुसार, “स्वास्थ्य परीक्षणमा फेल भएकाहरूलाई पास गराएको गम्भीर उजुरी आएको छ। त्यसपछि मन्त्रालयले कार्यालयमा निगरानी बढाएको थियो। अनुगमनका क्रममा कैफियत भेटिएपछि कार्यालय प्रमुख सत्याललाई जिम्मेवारीविहीन बनाउँदै मन्त्रालयमा तानिएको हो।”
छानबिनका लागि मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजक मन्त्रालयको यातायात व्यवस्था महाशाखा प्रमुख उर्मिलादेवी निरौला छन्। समितिमा कानुनी सल्लाहकार, आईटी विज्ञ र प्रशासनका कर्मचारीहरू सहभागी छन्। सचिव तामाङले भने, “समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। रिपोर्ट नआउन्जेल कार्यालय प्रमुखलाई कुनै जिम्मेवारी दिइने छैन।”
सत्यालले आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गर्दै कार्यालयको काम पारदर्शी रहेको बताए। मन्त्रालय स्रोतका अनुसार, यो अनियमिततामा सत्याल मात्र नभई अन्य कर्मचारीहरूको समेत संलग्नता रहेको आशङ्का गरिएको छ। केही कर्मचारीहरू दशकौँदेखि सोही क्षेत्रका कार्यालयमा कार्यरत रहँदा बिचौलियासँग बलियो सञ्जाल रहेको बताइन्छ।
हाल इटहरी कार्यालयमा वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१२ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



