

धरौटीमा छुटाइदिने प्रलोभन: ९ लाख ठगी गर्ने दम्पती पक्राउ
काठमाडौं । भाद्र २३ र २४ गतेको प्रदर्शनका क्रममा पक्राउ परेर हाल कारागार कार्यालय सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाउँदै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्।
प्रहरीका अनुसार हरि बहादुरले आफू सर्वोच्च अदालतका न्यायाधीशसँग पहुँच भएको दाबी गर्दै थुनामा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए। उनले धरौटी रकम र वकिलको बहस खर्चको नाममा रकम माग गरी पीडित पक्षलाई आफ्नो श्रीमतीको बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए।
घटना सार्वजनिक भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले यस्ता झुटा आश्वासन र भनसुनको नाममा रकम असुल गर्ने गतिविधिबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१२ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



