सम्पत्ति शुद्धीकरण मुद्दामा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री र उनकी पत्नी तथा पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी भएको विषयले राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउँदै  उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान जारी रहेकै क्रममा अदालतबाट पक्राउ अनुमति लिइएको स्रोतको दाबी छ।

स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पत्ति हाल विदेशमा रहेकाले तत्काल नियन्त्रणमा लिन नसकिएको बताइएको छ। उनीहरू कहिले नेपाल फर्किने भन्नेबारे स्पष्ट जानकारी नभएको स्रोतले जनाएको छ।

उक्त प्रकरण सार्वजनिक भएसँगै नेपाली राजनीतिक वृत्तमा व्यापक बहस चर्किएको छ। सत्ता र प्रतिपक्ष दुबै पक्षबाट यस घटनालाई गम्भीर रूपमा हेरिएको छ भने आगामी दिनमा यसको राजनीतिक तथा कानुनी प्रभाव कस्तो रहने भन्ने चासो बढेको छ।

यस विषयमा आधिकारिक निकायहरूले विस्तृत धारणा सार्वजनिक गरिसकेका छैनन्। अनुसन्धानको प्रक्रिया अगाडि बढेसँगै थप तथ्यहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
148 Shares