

तीनजना पक्राउ – युवती तथा बालिकामाथि जबरजस्ती करणीको उजुरी
काठमाडौँ । देशका विभिन्न स्थानमा युवती तथा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। कैलाली, कपिलवस्तु र ओखलढुङ्गामा घटनाबारे प्राप्त उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कैलालीमा लम्कीचुहा नगरपालिका-८ सोनपुर बस्ने ३० वर्षीय कासिम अलि जागालाई २७ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार राति पक्राउ गरिएको छ। उजुरी परेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
त्यस्तै, कपिलवस्तुको शिवराज नगरपालिका-५ ग्यालेक्सी टोल बस्ने २५ वर्षीय चन्दन तिवारीलाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मंगलबार साँझ पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले तिवारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
ओखलढुङ्गामा पनि २० वर्षीया युवतीमाथि करणी गरेको अभियोगमा रौतहटको देवाही गोनाही नगरपालिका-६ घर भएका ४९ वर्षीय चुनचुन साह कानुलाई अस्थायी प्रहरी पोष्ट केतुकेबाट मंगलबार दिउँसो नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका तीनैजनामाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान गरिरहेको बताइएको छ।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
११ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



