

मेयरमाथि कुटपिट आरोप : पक्राउ पुर्जी जारी, फरार रहेको प्रहरीको दाबी
सिरहा । सिरहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादवविरुद्ध कुटपिट आरोपमा पक्राउ पुर्जी जारी भएको छ। नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि हातपात गरेको घटनामा उनलाई नियन्त्रणमा लिन अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार मेयर यादवले गत सोमबार हाजिरी गरिरहेका बेला ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवलाई गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेका थिए। घटनामा पीडितको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते भएका रामशरण यादवको प्रारम्भिक उपचार विराटनगरमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको जनाइएको छ।
प्रहरीका अनुसार सोही घटनामा मेयर यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ अनुमति लिइएको हो। पक्राउ पुर्जी जारी भएसँगै मेयर यादव फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ।
घटनाले स्थानीय तहको नेतृत्वमाथि नै गम्भीर प्रश्न उठाएको छ भने यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
११ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



