

पाटनको कृष्ण मन्दिर परिसरमै दिनदहाडै चक्कु प्रहार : ललितपुरको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण पाटन दरबार क्षेत्र अन्तर्गत पर्ने कृष्ण मन्दिर परिसरमै दिनदहाडै चक्कु प्रहारको घटना भएपछि जिल्लाको शान्ति सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
जिल्लाको सुरक्षा जिम्मेवारी सम्हालिरहेका होबेन्द्र बोगटी नेतृत्वप्रति सर्वसाधारणले कडा असन्तुष्टि जनाएका छन्। सार्वजनिक स्थलमै यस्तो जघन्य घटना हुँदा समेत प्रहरीको उपस्थिति र सक्रियता कमजोर देखिएको भन्दै स्थानीयले सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएका हुन्।
प्रत्यक्षदर्शीका अनुसार व्यस्त समयमा भएको आक्रमणले सर्वसाधारणमा त्रास फैलिएको छ। पर्यटक र स्थानीयको बाक्लो उपस्थिति रहने संवेदनशील क्षेत्रमा यस्तो घटना हुनु सुरक्षा व्यवस्थाको गम्भीर कमजोरी भएको भन्दै आलोचना चुलिएको छ।
घटनापछि दोषीलाई तत्काल नियन्त्रणमा लिन र सुरक्षा व्यवस्था कडा पार्न स्थानीयवासीले माग गरेका छन्। तर, यस्ता घटनाहरू दोहोरिनुबाट रोक्न प्रभावकारी रणनीति नदेखिएको भन्दै नेपाल प्रहरी माथि पनि प्रश्न उठ्न थालेको छ।
शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी बोकेको संयन्त्रकै कमजोरीका कारण सर्वसाधारण असुरक्षित महसुस गर्न बाध्य हुनु अत्यन्तै गम्भीर विषय भएको सरोकारवालाहरूको भनाइ छ। अहिलेको अवस्था हेर्दा ललितपुरमा सुरक्षा व्यवस्थाको वास्तविक अवस्था के हो भन्ने प्रश्न अझ गहिरिँदै गएको छ।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
११ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



