

थातथलोको मोहले फर्कायो खुसी
धनकुटा । पुर्खा तथा थातथलोको मोह र सम्मान कतिसम्म रहन्छ भन्ने उदाहरणीय घटना धनकुटामा भएको छ । जन्मथलोको मात्र होइन थातथलो हेर्ने र परिवारमा पुनर्मिलन हुने चाहले ८१ वर्षीय वृद्ध गङ्गाप्रसाद पोखरेललाई १०७ वर्षपछि म्यानमारबाट धनकुटाको चुङ्माङसम्मको यात्रा गराएको हो । गङ्गाप्रसाद नेपालमा होइन म्यानमारमा जन्मिए, उतै हुर्किए र जिन्दगीको ८१ वर्ष म्यानमारमै बिताए। केही दिनअघि भने उनी धनकुटाको पाख्रिवास नगरपालिका–१०, चुङ्माङ आइपुगेका छन्, जुन उनको पुर्खाको जन्मभूमि हो ।पाको उमेरको समेत परवाह नगरी जीवनको उत्तराद्र्धमा आउनुको कारण दर्शाउँदै पोखरेलले भने, “यो एक तीर्थस्थल हो, म यहाँ तीर्थको दर्शन गर्न आएको हुँ । यहाँ आएर मैले पुर्खाले खेलेको, हुर्केको, कुदेको कल्पना गर्न पाएँ ।” बच्चादेखि नै यस ठाउँका बारेमा बुवाबाट सुने पनि ८१ वर्षको उमेरमा आफ्नै आँखाले देख्न र खुट्टाले टेक्न पाउँदा असाध्यै खुसी लागेको पोखरेलको भनाइ छ । यसरी आर्थिक, सामाजिक तथा अन्य परिवेश देखाउँदै गाउँघर तथा देश छाड्ने प्रचलन बढ्दै गएको अहिलेको सन्दर्भमा जन्मभूमिको महत्व कति हुँदो रहेछ भन्ने उदाहरण बनेका छन् ८१ वर्षीय पोखरेल । गङ्गाप्रसाद स्थानीय मोहनलाल पोखरेलका नाति हुन् । मोहनलालका तीन छोरामध्ये दुई भाइ चुङ्माङमै रहे। कान्छा छोरा चन्द्रकान्त भने विसं। १९७२ सालमा म्यानमारतर्फ लागे । जतिबेला उनी १५ वर्षको मात्रै थिए। गङ्गाप्रसाद उनै चन्द्रकान्तका छोरा हुन् ।
चन्द्रकान्त म्यानमारतर्फ लागे पनि नेपालमा रहेका दाजुभाइ र परिवारका अन्य सदस्यलाई उहाँ कहाँ गएको भन्ने थाहा थिएन तर चन्द्रकान्तले भने म्यानमार पुगेर उतै घरजम गरिसकेका थिए ।
चन्द्रकान्तले समेत जीवनको उत्तराद्र्धमा नेपाललाई धेरै सम्झिएको भए पनि फेरि फर्केर आउन भने नपाएको छोरा गङ्गाप्रसादले बताए । बुवाले चर्चा गरेकै कारण पनि आफूलाई नेपाल आउने इच्छा पलाएको तर जीवनको उत्तराद्र्धमा मात्रै यो अवसर जुरेको उनले बताए । नेपाल आएपछि ठूलोबुवा लोकनाथ पोखरेलका परिवारसँग उनको भेट भयो । यो दुई परिवारको १०७ वर्षपछिको भेट थियो । यता १०७ वर्षपछि भेट हुँदा ठूलो बुवाका छोरा दाजु चूडामणि पोखरेलको भने मृत्यु भइसकेको थियो तर भाउजू, भतिजाभतिजीसँग भेट भयो, उहाँहरू पनि चुङ्माङ बसाइँ सरेर झापा गइसकेका थिए। गङ्गाप्रसाद त्यही पत्ता लगाएर सिधै झापा जानुभयो र झापाबाट पुख्र्यौली थलो चुङ्माङ हेर्न आए । नेपालमा रहने लोकनाथ पोखरेलका परिवारले भने चन्द्रकान्तका परिवार हराएको वर्षौं हुँदासमेत सम्पर्क तथा भेटघाट नभएकाले चन्द्रकान्तको परिवार नै छैन ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
९ घण्टा अगाडि
2.1kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



