

लामो समयपछि काठमाडौँमा वर्षा
काठमाडौँ । काठमाडौँमा आइतबार दिउँसो असिनासहित हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो । मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय निरन्तर वर्षा नभएर हल्का वर्षाको सम्भावना मात्रै छ । ‘पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने देखिन्छ’, उनले भनिन्, ‘यो निरन्तर हुने अवस्था छैन । छिटपुट रुपमा कतै हुने र कतै नहुने देखिन्छ ।’यो प्रिमनसुनको समय भएकाले यस्तो खालको छिटपुट वर्षा हुने गरेको उनको भनाइ छ । लामो समयसम्म काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको थिएन । हिँउदो समयमा समेत वर्षा नहुँदा किसान मर्कामा परेका छन् ।
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
९ घण्टा अगाडि
2.1kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



