

गौर कारागारबाट संविधान दिवसको अवसरमा १० जना कैदी बन्दी रिहा हुने
रौतहट । रौतहटको सदरमुकाम गौर कारागारबाट संविधान दिवसको अवसरमा १० जना कैदी बन्दी रिहा हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर एेन २०७४ अनुसार बाँकी कैद माफी मिनाहा भएपछि १० जना कैदी रिहा हुन लागेको छन् ।
५० प्रतिशत कैद भुक्तान गरी ८ जना कैदी रिहा हुँदै छन् भने दुई जना ४० प्रतिशत कैद भुक्तान गरी रिहा हुने भएका छन्। रिहा हुनेहरूमा सवारी ज्यान मुद्दाका दीपेश प्रसाद, सोनु कुमार महतो, लालमोहन शर्मा, कर्तव्य ज्यान मुद्दाका राजन कुमार, चोरी मुद्दाका बहादुर पीठकोटी, बहुविवाह मुद्दाका जीत बहादुर भुलन र कविता भन्ने पूर्ण कुमारी फुयाँल रहेको छन् । त्यसैगरी डाँका मुद्दाका प्रेमाशंकर यादव, कुटपिट अङ्गभङ्ग मुद्दाका प्रदीप मिश्रा, र कर्तव्य ज्यान मुद्दामा रहेकी सुमित्रा देवी रिहा हुन लागेको प्रमुख जेलर मणिभुषण साहले बताए।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१३ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



