

अपरेसन लिमा : रु एक करोड ५० लाखका मदिरासहित चार पक्राउ
काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छलेर ल्याइएको रु एक करोड ५० लाख मूल्यका मदिरासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल काठमाडौँको कपन बस्ने वर्ष ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल काठमाडौँ कागेश्वरी मनहरा बस्ने वर्ष ३० वर्षीय शैलेश पन्त, पर्सा सुवर्णपुर घर भई हाल काठमाडौँको हाँडीगाउँ बस्ने वर्ष २८ वर्षीय रबिन पाख्रिन र सर्लाही घर भई हाल चावहिल बस्ने ३८ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् । बख्रेलसमेतका व्यक्तिहरूले महँगो मूल्यका मदिरा (रेड लेबल, ब्ल्याक लेबल, अब्सुलुट भोड्का, चिभार रिगललगायतका) भारतबाट चोरी–पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा ‘अपरेस लिमा’ सञ्चालन गरी प्रहरीले ठूलो परिमाणको अवैध मदिरासमेत बरामद गर्न सफल भएको छ । अघिल्लो हप्ता प्राप्त विशेष सूचनाका आधारमा खोजतलासमा निस्किएको महानगरीय अपराध महाशाखाको टोलीले यही १४ गते उपत्यकाका रामकोट, बानेश्वर, कपनलगायत विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिरा बदारम गरेको थियो । यसको बजार मूल्य एक करोड ५० लाख रहेको जनाइएको छ । आवश्यक अनुसन्धानपछि थप अनुसन्धान तथा कारबाहीको आज राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको महाशाखाले जनाएको छ । रबि भन्ने भारतीय नागरिक र सन्तोषचन्द्र बख्रेलको योजनामा भारतबाट राजस्व छली गरी विभिन्न ब्रान्डका मदिरा बिक्री हुने गरेको अनुसन्धानमा खुलेको छ । बख्रेलले तीन महिनाअघि पहिलोपटक १६० कार्टुन, दोस्रोपटक २०० कार्टुन र तेस्रोपटक ३०० कार्टुन ब्ल्याक लेबल, रेड लेबल, चिभास रिगल र एब्सुलेट भोड्का ल्याई गैरकानुनी रुपमा बिक्री वितरण अनुसन्धानमा खुलेको महाशाखाप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । बख्रेलले बजारमा बिक्री वितरण गर्न इन्फिनिटी लिक्योर, मूलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर काम गर्दै आएको र नारायणप्रसाद घिमिरेले उक्त ब्रान्डका मदिरा डिउटी फ्रीको हो भनी ग्राहकलाई विश्वास दिलाई बिक्री गर्दै आएका थिए । उक्त राजस्व छलीका मदिरा विशेषतः पार्टी प्यालेसमा बिक्री वितरण गर्ने पाइएको महाशाखाले आज एक विज्ञप्ति जारी गरी जनाइएको छ ।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१२ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



