

आज मंसिर ७ गते शुक्रबारको राशीफल : मनकामना माताले रक्षा गरुन
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- नयाँ कामको सुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला। मनमा दुबिधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला। स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ। मान सम्मान पनि पाउन सकिन्छ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- चल अचल सम्पत्तिको कारोवार हुनेछ। वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला।प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ। यात्राको पनि योग रहेको छ। काम बन्नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला। परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ। मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला। व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्ने छ,प्रिय साथीसँग पनि भेटघाट होला।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, एकदमै सजक रहनु होला। भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला। खानामा सचेत रहनु पर्ने दिन छ। अनावश्यक झमेलामा परिएला। यात्राको क्रममा सावधान रहनु होला।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु टे- आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम ढिलै भएपनि सफल हुनेछ, दिन रमाइलै छ। आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला। ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ। काम रोकिएपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्। अन्न लाभ होला। अनौठो खबर सुन्न पाइएला।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज तपाइको धन लाभको योग छ। नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ। कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ। आयआर्जन हुने दिन छ। यात्राको सम्भावना छ। नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ। कृषिको कामबाट विशेष लाभ होला। आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ। लेनदेको काम पनि नगरेकै बेश होला। घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला। साथै रमाइलो यात्राको पनि योग रहेको छ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- व्यर्थको खर्च होला। स्वास्थ्यमा गडबडीको सम्भावना छ, खानामा एकदमै सजक रहनु होला । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला। धनको नाश हुन सक्छ। साथै, प्रेममा पनि धोका होला। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। साथै मनमा केहि दुविधा पनि रहला। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला। आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ। सोचेको काम समयमै सम्पन्न नहोला।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- खर्चभन्दा कमाई नै बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्। वैदेशिक क्षेत्रको लगानी फाइदै होला। कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका इच्छा पूरा गर्न सकिनेछ। पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ। माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- कामहरु सजिलैसँग बन्नेछन्। कामको इच्छा शक्ति पनि बढ्नेछ। पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ। विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जाँगर थपिने देखिन्छ। पैसा कमाउने योग छ। पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ। मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- वादविवादको सामना गर्नुपर्ला। पेशागत रुपमा समस्या देखिन सक्छ, घर परिवारमा केही मनमुटाव होला। शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन। ब्यर्थै समयको नाश होला। मनमा उदासिन्ता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन्। विश्वास गरेकाले धोका दिनेछन्।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१३ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



