

दोलखाको विगु गाउँपालिकामा रोकिएन बालविवाह : मागी विवाहमा न्यूनीकरण भागी विवाह बढ्दो
केदार शिवाकोटी
दोलखा । सानै उमेरमा विवाह गर्ने तथाङ्कमा अघि छ दोलखाको विगु गाउँपालिका । विगुको वडा नम्बर १, २ र ८ मा कलिलैमा विवाह गर्ने बालबालिकाको संख्या धेरै छ । कुनै समय थामी समुदायको बस्ती रहेको थामीचाँगुमा बालकैमा हुने मागी विवाह निकै न्यूनीकरण त भयो तर चेतना अभावमा भागी विवाह भने अझै घट्न सकेको छैन । बालविवाह रोक्न पछिल्लो समय स्थानीय तहले समुदाय परिचालन कार्यक्रमसमेत गरिरहेको छ ।
विगु गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका गाउँहरु बालविवाहले जकडिएका छन् । पढ्ने उमेरमा विवाह गरेका यहाँका किशोरकिशोरीको कथा पनि त्यति नै कहालीलाग्दो छ । पढ्ने उमेरका किशोरीहरु कलिलैमा आमा बनेका छन् ।
अझ कलिलै उमेरमा विवाह गरेपछि थामीचाँगुमा त अंशवण्डा गरेर बस्नु पर्ने अर्को चलन छ । जसका कारण अधिकांश मानसिक स्वास्थ्य समस्याले ग्रसित छन् । बालविवाह रोक्न समुदायमै परिचालन कार्यक्रम भैरहेको छ । मागी बिबाह न्यूनीकरण भए पनि भागी विवाह रोकिन सकेको छैन ।बालविवाह गर्ने अधिकांश विद्यालय शिक्षाबाटसमेत बञ्चित बनेका छन् । सानैमा विवाह गरेकाहरु आर्थिक रुपमा कमजोर छन् । उमेर नपुगेर विवाह गरेका कितपय गर्भवतीले आकालमा ज्यान गुमाएका छन् भने कतिले बच्चा । पछिल्लो समय कक्षा ७ देखि १० सम्म पढ्ने उमेरमै भागी विवाह बढ्दो छ ।
बालविवाह न्यूनीकरण गर्न जनप्रतिनिधि सक्रिय छन् । तर, यो कुप्रथा हट्न सकेको छैन । स्थानीय तहमा थामी समुदायकै जनप्रतिनिधि आएपछि भने बालबिवाह न्यूनीकरण गर्न योजनासहित अभियान सञ्चालन भइरहेका पनि छन् । तर, सानै उमेरमा बढ्दो सामाजिक सञ्जाल प्रयोगले विद्यालय उमेरमै हुने भागी विवाह रोक्न निकै चुनौती थपिएको छ ।
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
९ घण्टा अगाडि
2.1kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



