

जडीबुटी–पेप्सीकोला सडकको दायाँबायाँका अवैध संरचना ३५ दिनभित्र हटाउन सूचना जारी
काठमाण्डाै – सरकारले काठमाण्डाै जडीबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५/१५ मिटरभित्रका संरचना खाली गराउने भएको छ । सडक विभाग र काठमाण्डाै महानगरपालिकाले संयुक्त सूचना निकालेर सडकको सीमा क्षेत्रभित्र नक्सा पास विना/नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू आफैँ हटाउन ३५ दिनको अल्टिमेटम दिएको हो ।
सूचनामा भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८ साल मङ्सिर १८ गते राजपत्रमा प्रकाशित सूचनानुसार जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५/१५ मिटर सडकको सीमा कायम रहेको साथै नेपाल सरकार र पालिकाबाट यही वैशाख १० गते संयुक्त रूपमा सीमाङ्कन चिनो लगाइएको उल्लेख छ ।
तोकिएको म्यादभित्र अनधिकृत संरचना नहटाए प्रचलित नियमानुसार कारबाही गरिने सूचनामा भनिएको छ ।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१८ घण्टा अगाडि
2.6kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



