इरानका सर्वोच्च नेता खामेनीद्वारा ट्रम्प ‘अपराधी’ घोषित, अमेरिकी षड्यन्त्रको आरोप
तेहरान । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘जनताको हत्यारा र अपराधी’को संज्ञा दिँदै कडा आरोप लगाएका छन्। इरानमा जारी विरोध प्रदर्शनको सन्दर्भमा शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै खामेनीले ट्रम्पले हिंसा उक्साएर हजारौं निर्दोष नागरिकको ज्यान गएको दाबी गरेका हुन्।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार खामेनीले देशमा देखिएको वर्तमान अशान्तिलाई अमेरिकी षड्यन्त्रको परिणाम भन्दै इरानले उक्त षड्यन्त्रको “ढाड भाँचिदिएको” दाबी गरे। उनले अशान्तिमा संलग्न आन्तरिक तथा बाह्य तत्वहरूलाई कडा कारबाही गरिने चेतावनीसमेत दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै खामेनीले हालैको अस्थिरता अमेरिकी उत्तेजना र हस्तक्षेपबाट सिर्जना भएको आरोप लगाए। उनले इरान युद्ध नचाहने स्पष्ट पार्दै देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि आक्रमण गर्नेहरूलाई कुनै हालतमा नछोडिने चेतावनी दिएका छन्।
यसैबीच, मानव अधिकार संगठनहरूको तथ्यांकअनुसार प्रदर्शनका क्रममा दर्जनौं सुरक्षाकर्मीसहित तीन हजारभन्दा बढी व्यक्तिको ज्यान गएको बताइएको छ। सुरुमा महँगी र आर्थिक संकटविरुद्ध सुरु भएको आन्दोलन क्रमशः सरकारविरोधी नारासहित सत्ता परिवर्तनको मागमा रूपान्तरण भएको जनाइएको छ।
समाज
थप सामाग्री-
काठमाडौंको जोरपाटीमा सञ्चालित “हाम्रो गुठी”मा भ्रष्टाचार गरेको आरोप, बुबाको मृत्यु हुँदापनि गुठियारले पाएनन राहत
-
आज फागुन २९ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
आज फागुन २८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
-
आज बिहीबार : बुढानिलकण्ठ भगवान्को आशीर्वादले दिन शुभ रहोस्
-
समानुपातिकतर्फ १ कराेड ७ लाख मतगणना : रास्वपालाई ५१ लाख २९ हजार मत
आज फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल
३ दिन अगाडि
5.5kViews 192 Shares Share on Facebook Share on Twitter मेष- खराब व्यक्तिको विश्वासमा पर्दा काममा धोका पाइने सम्भावना छ । आफ्नै…



