

आज फागुन २८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष- आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् । अवसर हातबाट गुम्ने सम्भावना छ । काममा ध्यान दिनुहोस् । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागि हुन सक्छ । मेहनत गर्दा अवसर प्राप्त हुनेछ । सत्कार्यमा जुट्दा दीगो फाइदा हुनेछ ।
वृष- आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर मिल्नेछ । कीर्तिमानी काम सम्पन्न गर्ने समय छ । नयाँ काममा हात हाल्ने बेला आएको छ । मान र विद्या प्राप्त हुनेछ । टाढाको यात्रा पनि हुन सक्छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।
मिथुन- साथीभाइबाट फाइदा उठाउन सकिने दिन छ । उच्च महत्वाकांक्षाले सोचेको काम पूर्ण रूपमा सम्पादन हुनेछ । खर्च भएपनि मन चाहेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका पनि जुट्न सक्छ । अरूले झमेला निम्त्याए पनि हिम्मत र लगनशीलताले काम बनाउनेछ ।
कर्कट- खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । विपरीत लिंगी वा हितैसी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न हुने सम्भावना छ । स्वास्थ्य कमजोर भएको खण्डमा कामको बोझ बढी लाग्नेछ । कुनै अवसर आएपनि गोपनीयतामा ध्यान दिनुहोस् ।
सिंह- विशेष पदमा रहेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । खानपानमा पनि सजक रहनुहोस् । अवसर आएपनि अरूको मुख ताक्ने बानीले काममा बाधा पुर्याउन सक्छ । विशेष उपहारसहित प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुनेछ ।
कन्या- लुगा, भोजन र विशेष उपहार हात लागि हुनेछन् । भोग विलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुपालनबाट फाइदा मिल्ने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा प्रगति हुने दिन छ ।
तुला- विपरीत लिंगीको माध्यमबाट लाभ हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोस् । पारिवारिक भेटघाटले मनमा आनन्द दिनेछ । साथीभाइले काममा सहयोग पुर्याउन सक्छ ।
वृश्चिक- धनमाल हराउने, ठगीमा परिने वा दृष्टि भ्रममा पर्ने ग्रहयोग छ । आँखाको समस्याले सताउन सक्छ । विशेष अवसर आएपनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाट धोका पाइनेछ । अनायसै खर्च बढ्नेछ । स्वास्थ्य कमजोर हुने र काममा अवरोध आउने सम्भावना छ ।
धनु- आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरेको लगानी र श्रमबाट कम प्रतिफल पाइनेछ । ठूला व्यक्तिबाट मान सम्मान प्राप्त हुनेछ । मिठा भोजनको अवसर पनि रहनेछ । नजिकका साथी टाढिँदा पनि टाढाका साथीसँग सम्बन्ध गाँसिनेछ । अर्थ अभावले काम रोकिन सक्छ ।
मकर- परिवारजनसँग असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । तर व्यवसायबाट फाइदा हुने दिन छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर प्राप्त हुनेछ । धन लाभ हुने सम्भावना छ । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । दीगो आम्दानी हुने काम सुरु हुनेछ।
कुम्भ- यात्रा र सवारी साधनको प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । पढाइ राम्रो छैन । आवश्यक रकम हात लागि नहुँदा आर्थिक अभावले सताउनेछ । अधैर्यपना बढ्नेछ र काम नबन्ने डरले तनाव बढ्न सक्छ ।
मीन- ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउनेछ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिनेछ । सोचेको काम समयमा नबन्नाले दुःख हुने सम्भावना छ । भोज भतेरको निम्तो आएपनि नियमित कामको चिन्ताले मन खिन्न हुनेछ । केही अवसर आएपनि परिस्थिति संघर्षमय रहनेछ ।
समाज
थप सामाग्री-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
२१ घण्टा अगाडि
1.5kViews 386 Shares Share on Facebook Share on Twitter काठमाडौँ, वैशाख २२ गते । उच्च अदालत पाटनले पशुपति क्षेत्रको महत्वपूर्ण…



