प्रविधिमैत्री सुरक्षातर्फ नेपाल प्रहरीको ऐतिहासिक कदम : एआई तथा एड्भान्स एनालिटिक्स सेलको उद्घाटन
गृहमन्त्री ओमप्रकाश अर्याल ले नेपाल प्रहरीलाई प्रविधिमैत्री र भविष्य उन्मुख बनाउने दिशामा महत्वपूर्ण कदम चाल्दै प्रहरी प्रधान कार्यालयमा “Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC)” को औपचारिक उद्घाटन गर्नुभएको छ।
उद्घाटन समारोहमा गृहमन्त्री अर्यालले नवस्थापित सेलको अवलोकन गर्नुका साथै त्यसबाट सम्पादन हुने कार्य, यसको प्रयोग तथा राष्ट्रिय सुरक्षा व्यवस्थापनमा पर्ने प्रभावबारे विस्तृत जानकारी लिनुभयो। कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका उच्च पदाधिकारी तथा प्रहरी नायव महानिरीक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रविधिमैत्री सुरक्षातर्फ नेपाल प्रहरीको फड्को
वर्तमान समयमा तीव्र गतिमा बढ्दै गइरहेको साइबर अपराध, गलत तथा मिथ्या सूचना (Misinformation/Disinformation), संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध तथा डिजिटल माध्यमबाट सामाजिक अस्थिरता सिर्जना गर्ने गतिविधिहरूले राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती थपिरहेका छन्। यस्तो अवस्थामा Generative AI, Large Language Models (LLMs), Machine Learning, Predictive Analytics तथा Automation मा आधारित विश्लेषण प्रणालीको प्रयोग अपरिहार्य बन्दै गएको सन्दर्भमा नेपाल प्रहरीले उच्च प्रविधियुक्त, रणनीतिक र भविष्य उन्मुख संरचना “AI-AAC” स्थापना गरेको हो।
सेल स्थापनाका मुख्य उद्देश्यहरू
नवस्थापित AI-AAC ले निम्न प्रमुख क्षेत्रमा काम गर्नेछ:
कृत्रिम बुद्धिमत्ताको संस्थागत अवलम्बन तथा सुदृढीकरण
Proactive Intelligence तथा Early Warning प्रणाली विकास
Cognitive Security तथा सूचना–हेरफेर नियन्त्रण
Cyber तथा Digital Crime Intelligence सुदृढीकरण
AI-Assisted Investigation तथा Judicial-Grade Digital Evidence प्रणाली विकास
AI Misuse Detection तथा Defensive Capability अभिवृद्धि
Descriptive, Diagnostic, Predictive तथा Advanced Analytical प्रणाली विस्तार
पाँच घटनामा सफलता
नेपाल प्रहरीले एआई सेलको प्रयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण भएका पाँच वटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट नियन्त्रणमा लिई कानूनी दायरामा ल्याइसकेको जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले ले भन्नुभयो, “आम नागरिकले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनु आवश्यक छ। सामाजिक सञ्जालको दुरूपयोग गरी गलत तथा मिथ्या सूचना फैलाउनेलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव सक्रिय छ।”
उहाँले सबै नागरिकलाई कानूनको पालना गर्दै जिम्मेवार डिजिटल आचरण अपनाउन आग्रह गर्नुभएको छ।
प्रविधिको द्रुत विकाससँगै सुरक्षाका चुनौतीहरू पनि जटिल बन्दै गइरहेका बेला नेपाल प्रहरीद्वारा स्थापना गरिएको Artificial Intelligence and Advanced Analytics Cell देशको सुरक्षा व्यवस्थापनलाई आधुनिक, प्रभावकारी र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि मानिएको छ।
समाज
थप सामाग्री
मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा निषेध
१९ घण्टा अगाडि
1.8kViews 475 Shares Share on Facebook Share on Twitter कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिराजन्य पदार्थ बिक्री वितरण र…



