

घरबारविहीन नबनाउने सरकारको प्रतिबद्धता, सुकुम्बासी व्यवस्थापनमा विशेष आयोग गठन गरिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको व्यवस्थापन गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै उनले जोखिमयुक्त क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उनका अनुसार ढल, बाढी तथा अन्य विपद् जोखिममा रहेका सुकुम्बासीलाई सुरक्षित बासस्थान उपलब्ध गराउनेतर्फ सरकार गम्भीर छ।
“जोखिमपूर्ण स्थानमा रहेका सुकुम्बासीलाई सुरक्षित ठाउँमा सहज रूपमा सार्ने काम भइरहेको छ। ढल र बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षाबारे सरकार संवेदनशील छ,” उनले भने, “कुनै पनि नागरिकलाई घरबारविहीन बनाइने छैन।”
लामिछानेले अव्यवस्थित बसोबाससम्बन्धी समस्या समाधानका लागि देशव्यापी रूपमा एक विशेष आयोग गठन गरिने पनि बताए। सो आयोगमार्फत सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य लिइएको उनको भनाइ छ।
उनले यस विषयमा आवश्यक समन्वय र सुझावलाई सरकारले सकारात्मक रूपमा लिने समेत स्पष्ट पारे।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



