

‘मिडिया ट्रायल’बाट प्रहरी बदनाम गर्न खोजियो : पूर्व आईजीपी चन्द्र कुबेर खापुङ
पूर्व प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ ले आफूविरुद्ध भइरहेको ‘मिडिया ट्रायल’ले प्रहरी संगठनलाई कमजोर बनाउने र बदनाम गर्ने प्रयास गरिएको बताएका छन्।
उनले भने, “यो ‘मिडिया ट्रायल’ हो। चुनावको मुखमा यो विषय उठाइएको छ। त्यसैले ‘कन्टेन्ट’भन्दा पनि ‘टपिक’मा खेलिएको देखिन्छ। विषयवस्तुमा खासै केही छैन।”
कर्फ्यु लागिसकेपछि गोली हान्ने आदेश दिएको हो कि होइन भन्ने प्रश्नमा खापुङले स्पष्ट पारे, “कर्फ्यु आदेश जारी भएपछि ‘आवश्यकता अनुसार गर’ भनिएको हो। ‘गोली हान’ भनेर स्पष्ट आदेश दिइएको छैन। प्रहरीमाथि ज्यानको जोखिम आउँदा, आगजनी भइरहेको अवस्थामा कानून बमोजिम र फिल्डको परिस्थितिअनुसार निर्णय लिनुपर्ने हुन्छ।”
उनले चुनाव नजिकिएको सन्दर्भ उल्लेख गर्दै भिडियो सार्वजनिक हुनुमा राजनीतिक उद्देश्य हुन सक्ने आशंका पनि व्यक्त गरे। उनका अनुसार केही समूह वा दलको पक्षमा निर्वाचन परिणाम प्रभावित पार्ने नियतले सामग्री सार्वजनिक गरिएको हुनसक्छ।
खापुङले यस प्रकारका गतिविधिले सुरक्षा निकायप्रति जनविश्वास कमजोर पार्ने चेतावनी दिँदै तथ्यका आधारमा मूल्यांकन गर्न आग्रह गरेका छन्।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१६ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



